Logo

Breaking News 1

हुम्लामा खसेको भन्दा धेरै मतपत्र, मतगणना स्थगित


९ मंसिर २०७९, शुक्रबार  

1.7k
Shares

हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो ।

हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो ।

बिहीबार राति साढे १२ बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ९ : ५५ बजे