Logo

Breaking News 1

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, राष्ट्रिय स्वतन्त्र पार्टीले काटायो १ लाख मत



काठमाडौं । प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ।

७ लाख ८१ हजार ३ सय १९ सदर मतमध्ये एमालेले २२१६५३ (२८.३६ प्रतिशत) मत पाएको छ । दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले १९८७६९ (२५.४४ प्रतिशत) मत पाएको छ ।

तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख मत कटाएको छ । घन्टी चिन्ह भएको उक्त पार्टीले १०१७०३ मत अर्थात् १३.०३ प्रतिशत मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादीले ९२१८४ मत (११.०१ प्रतिशत) मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१९०१ मत (६.६४ प्रतिशत) मत पाएको छ ।

जनता समाजवादी पार्टीले १६८५६ (२.१ प्रतिशत) मत पाएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १६१७६, नेपाल मजदुर किसान पार्टी १३६१७, नेकपा (एकीकृत समाजवादी) ११९५६, नागरिक उन्मुक्ति पार्टी १०४६८ मत पाएको छ । अन्य दलहरूले ४६०३६ मत पाएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : २६ बजे