काठमाण्डौ । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।
आज मङ्गलवार लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गोल अन्तरले हरायो । पहिलो हाफमा १–० ले पछि रहेको अवस्थामा साउदीले दोस्रो हाफमा २ गोल फर्कायो ।
मेसीका लागि लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गोल गरे । यो हारसँगै अर्जेन्टिनाको लगातार ३६ खेलको अपराजित यात्रामा ब्रेक लागेको छ ।
प्रतिक्रिया