Logo

मौसम

यस्तो छ आजको मौसम



काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १ लगायत गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

बुधबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : २७ बजे