Logo

समाचार

के काँङग्रेस कार्यकर्ता कुन्ती पोख्रेललाई भोट हाल्न इच्छुक छन् ?



काठमाडौं । काठमाडौं क्षेत्र नं २ मा यति बेला नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दललाई भोट हाल्ने सम्भावना कम रहेको बताइन्छ । यो क्षेत्रमा कांग्रेस मतदाताहरुले विभिन्न तरिकाले भोट मागेर चुनाव जितेर गएपछि जनताका समस्यामा कोही नफर्किएको, नेपाली कांग्रेसको सिदान्त र कम्यनिस्टहरुको सिद्धान्त कहिल्यै नमिलेको आफू कट्टर कांग्रेसको मतदाता भएर पनि ‘रुख चिन्ह’मा मतदान गर्न नपाएको जस्ता कुराहरु पनि मतदाताहरुले सुनाउने गरेका छन् ।

बहुमत नेपाली कांग्रेसका कार्यकर्ताहरुले यो पटक राप्रपालाई भोट हाल्ने सम्भावना भएको बताइन्छ । आज नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीले गठबन्धन गरेर कार्यकर्ताको मनोभावना बुुझ्न नसकेको, आफ्नो स्वार्थ पूूरा गर्न पार्टी नेतृत्वले भूमिका खेलेको जस्ता आरोपहरु समेत लगाइरहेका छन् ।

यसकारण काठमाडौं क्षेत्र नं २ का मतादाताहरुले यो पटक राप्रपालाई भोट होलेर पुराना नेतृत्वलाई विस्थापित गरी नयाँ अनुहार ल्याउने देखिन्छ । जति बेला गठबन्धन गरियो यसको कारण पार्टिका कयौ स्थानहरुमा विद्रोह समेत भएको थियो । पार्टि नेतृत्वले यो बेला दिएको धोकाका कारण पनि कतिपय सम्भावना बोकेका पार्टिमा त्याग गरेका इमानदार कार्यकर्ताले चुनावमा उठ्न नपाएको जस्ता कारणहरु नि छन भने अर्को महत्वपुर्ण पाटो भनेको विपीको सिदान्त बोकेर कम्युुनिष्ट पार्टीको लागि भोट हाल्न नसकिने समेत बताइरहेका छन ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ७ : ५१ बजे