Logo

विश्व

अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको चेतावनी


२१ कार्तिक २०७९, सोमबार  

322
Shares

प्योङयाङ । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई ‘खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास’ को रूपमा वर्णन गर्दै ती देशलाई ‘दीगो, दृढ, र भारी’ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ ।

उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’ समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : २८ बजे