Logo

समाचार

निर्वाचनका लागि पाल्पामा १ हजार २१५ जना म्यादी प्रहरी परिचालन हुने


३ कार्तिक २०७९, बिहिबार  

138
Shares

पाल्पा । मंसिर ४ गतेको निर्वाचनका लागि पाल्पामा १ हजार २१५ जना म्यादी प्रहरी परिचालन हुने भएका छन् । पाल्पाको ११८ मतदानस्थल र २४६ मतदान केन्द्रमा सुरक्षाका यी म्यादी प्रहरी खटिने छन् । म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरी उनीहरूका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनक बहादुर शाहीले जानकारी दिए । पाल्पामा तानसेन र रामपुरमा गरी दुई स्थानमा एकैसाथ १० दिने तालिम संचालन भइरहेको छ ।

पाल्पाबाट दुई हजार ६७ जनाले म्यादी प्रहरी हुनका लागि आवेदन दिएका थिए । प्रयोगात्मक र अन्तरवार्ता पश्चात छनौट भएकाहरुलाई अहिले तालिम दिइएको हो । निर्वाचनको सुरक्षामा खटिन पाल्पामा ३२३ महिला आठ सय ८९२ जना पुरुष गरी जम्मा एक हजार २ सय १५ जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ०० बजे