Logo

समाचार

वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा



काठमाडौं । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन् । मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो ।

सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो । सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : ०६ बजे