Logo

Breaking News 1

सन्दीप लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने


२७ आश्विन २०७९, बिहिबार  

1.1k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ । नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

गत (सोमबार) २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ९ : ३५ बजे