Logo

Breaking News 1

चिनियाँ नेता लीको नेपाल भ्रमण: सर्वसाधरणलाई सास्ती



काठमाडौंं । चिनियाँ सभामुख ली चाङ्सुको नेपाल भ्रमणका कारण मंगलबार राजधानीका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माईतिघर, नयाँ बानेश्वरदेखि तिनकुन आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ ।

दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने ट्राफिक प्रहरीका कार्यालयले जानकारी दिएको छ ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

३ दिने नेपाल भ्रमणमा आएका चिनियाँ सभामुखले आज उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्दैछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : १७ बजे