काठमाडौं । घरेलु टोली जिम्बाव्वेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लगातार दोस्रो खेलमा ५ विकेटको जित निकाल्दै एक खेलअघि नै शृंखला जितेको छ ।
शनिबार १ सय ६२ रनको लक्ष्य भारतले २५.४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतका सन्जु सामसनले सर्वाधिक ४३ रन बनाउँदा शिखर धवन र शुभमन गिलले समान ३३ रनको योगदान गरे । जिम्बाव्वेका लुन्की जोन्गावले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले ३८.१ बल सबै विकेट गुमाउँदै १ सय ६१ रन मात्र बनायो । घरेलु टोलीका सेन विलियम्सले सर्वाधिक ४२ रन बनाए । यस्तै, रायन बर्लले ३८ रनको योगदान गरे । भारतका शार्दुल ठाकुरले ३ विकेट लिए ।
यसअघि पहिलो खेल भारतले १० विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
प्रतिक्रिया