Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १२८ रुपैयाँ ८८ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ६ : ५४ बजे