Logo

Breaking News 1

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी, निर्वाचनको मिति घोषणा हुन सक्ने


१९ श्रावण २०७९, बिहिबार  

138
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी आजको बैठकले आगामी संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने सम्भावना रहेको छ ।

निर्वाचन आयोगले यसअघि नै मंसिर ४ गतेलाई मिति तोक्ने उपयुक्त हुने सुझाव दिएको छ । सरकारले पनि मंसिर चार गतेलाई नै निर्वाचनको मिति तोक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  २ : ११ बजे