Logo

समाचार

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण


१७ श्रावण २०७९, मंगलबार  

46
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना सङ्क्रमण भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।

राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मुख्यमन्त्री राईसँगै संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : ४५ बजे