Logo

Breaking News 1

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे



काठमाडौं । दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो निवासबाट भागेका छन् ।

राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए ।

आक्रोशित भिडलाई राष्ट्रपतिको भवनमा प्रवेश गर्नबाट रोक्न सेनाले हवाइ फायरसमेत गरेको प्राप्त विवरणमा जनाइएको छ ।हजारौं प्रदर्शनकारीले प्रहरी ब्यारिकेड तोडेर राष्ट्रपतिको सरकारी निवासमा पसेको जनाइएको छ ।

सरकारले लगाएको कर्फ्युको अवज्ञा गर्दै भिड राष्ट्रपति निवास बढेको थियो । प्रदर्शनकारीले स्वस्फुर्त कर्फ्यु अवज्ञा गरेपछि सरकारले हटाएको घोषणा गरेको थियो ।

श्रीलंकामा सन् १९४८ पछिकै चरम आर्थिक संकट देखिएको छ । देशमा विदेशी सञ्चिति सकिएका छ । ईन्धन अभावमा विद्यालय बन्द छन् । केही दिन अघि राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसी राष्टपति भ्लादमिर पुटिनसँग इन्धन सहयोग मागेका थिए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  २ : २४ बजे