Logo

Breaking News 1

‘गठबन्धन आगामी निर्वाचनसम्मै जान्छ’: अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।

नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताए । तर त्यसको प्रलोभनमा आफू नपर्ने उनको भनाई छ ।

सुर्खेत पुग्नुभएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताउनुभएको छ । प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको भन्दै उनले यस्ता कार्ड मान्छेलाई मूर्ख बनाउन मात्र भएको बताए ।

अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे । साथै उनले गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : १२ बजे