Logo

Breaking News 1

तारा एयर दुर्घटनामा मृत्यु भएका सबैको शव काठमाडौं ल्याइयो



काठमाडौं । गत आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएका सबैको शव काठमाडौं ल्याइएको छ ।

दुर्घटनास्थल मुस्ताङको थासाङ-२ सानुसरेबाट शव कोवाङ झारेर सेनाले हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । सेनाले हिजो १० वटा शव काठमाडौं ल्याएको थियो । बाँकी शव आज ल्याएको हो ।

हिजो काठमाडौं ल्याइएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  २ : ३३ बजे