Logo

विश्व

मङ्कीपक्स २० देशमा फैलियो



काठमाडौं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।

विश्वभरि अहिलेसम्म दुई सय व्यक्तिमा संक्रमण पुष्टि भएको र अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको डब्लुएचओका एक अधिकारीले जनाएका छन् ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

भाइरसका कारण मानिसको मृत्यु नै नभएपनि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  २ : ५८ बजे