Logo

Breaking News 1

एमालेलाई मिनेन्द्र रिजालको सुझाव-यसपालिको हारलाई स्वीकार गर्नुस् अर्को पटक सजिलो हुन्छ



काठमाडौं । नेपाली कांग्रेसका सांसाद मिनेन्द्र रिजालले नेकपा एमालेलाई आफ्नो हार स्वीकार गर्न अनुरोध गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै रिजालले निर्वाचनमा हारेर पनि एमालेले लोकप्रिय मत पाएकोे भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली हिँडेको भन्दै कटाक्ष गरेका हुन् ।

रिजालले ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न आग्रह गरे ।

आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको बताए ।

उनले एमालेको लोकप्रिय मत टर्च बालेर हेर्नुपर्ने बताए ।

‘लोकप्रिय मतकै कुरा गर्ने हो भने कांग्रेसले पाएको छ । एमालेले कहिले लोकप्रिय मत पाएको हो टर्च बालेर हेर्नुपर्यो, उनले भने ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ३ : १३ बजे