Logo

Breaking News 1

पेट्रोलियम पदार्थको कर घटाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर १० रुपैँयाले घटाउने निर्णय भएको हो ।

यही जेठ १० गते बसेको मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ ।

हालसम्म कुन कर घटाइने भन्नेमा भने निश्कर्ष निस्किएको छैन।

हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, १ सय ३४ रुपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कररशुल्क लाग्ने गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १ : २३ बजे