Logo

Breaking News 1

एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्ने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले सम्बोधन गर्ने भएका हुन् ।

संसदमा नीति तथा कार्यक्रमबारे छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आज बैठकमा प्रस्ताव पेश गर्नेछन्।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १० : ५२ बजे