Logo

Breaking News 1

काठमाडौं महानगर: बालेनले कटाए ५९ हजार मत, अन्यले कति पाए ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणनाअनुसार महानगरको मेयरमा बालेन साहको जित सुनिश्चित भइसकेको छ ।

अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ भने अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम मात्र आउन बाँकी छ ।

१ लाख ८३ हजार ६७९ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।

बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २१ हजार बढी मतको अग्रता लिएका छन् । बालेनले ५९ हजार १४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जनाले ३७ हजार ५४२ मत पाएकी छिन् । यस्तै एमालेका केशव स्थापितले ३७ हजार २१८ मत पाएका छन् ।

उमपेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ । डंगोलले अहिलेसम्म ५३ हजार ६४२ भोट ल्याउँदा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ७६७ मत ल्याएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  १० : १० बजे