Logo

Breaking News 1

पोखराको दुई वडामा पुन: मतगणनाको माग गर्दै कांग्रेसले पनि दियो निवेदन



काठमाडौं । पोखरा महानगरपालिकाको दुई वडामा पुन: मतगणना गर्न कांग्रेसले पनि माग गरेको छ ।

कांग्रेसले पुन मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो । कांग्रेसले वडा १ र १७ मा पुन: मतगणनाको माग गरेको हो ।

दुई वडामा मतमाथि चलखेल भएको आशंका भएको भन्दै पुन गणनाको माग गरिएको कांग्रेसले जनाएको छ । यी दुवै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यसअघि एमालेले पनि वडा १८ र ३१ मा पुनस्मतगणनाको माग गर्दै निवेदन दिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ३ : ३० बजे