Logo

Breaking News 1

स्थानीय निर्वाचन: कांग्रेसले ३ सय २२ पालिका जित्दा एमाले र माओवादीको कति ?



काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७ सय ५३ वटा स्थानीय तहमा गरेको निर्वाचनमा हाल ११ पालिकामा मतगणना जारी रहेको छ ।

त्यस्तै दुईवटा पालिकाको केही केन्द्रमा भने मतदान हुन बाँकी रहेको छ । स्थानीय निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ । मतगणना भइरहेका ११ पालिकामध्ये ४ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन ।

नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा जित निकालेको हो ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमाले २०२ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले १२१ स्थानमा जित हात पारेको छ ।

जनता समाजवादी पार्टी, नेपालले ३० स्थानमा जित हात पार्दा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले १९ स्थानमा हात पारेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : ५८ बजे