Logo

Breaking News 1

भरतपुर अपडेट: रेणु जित नजिक, २१ हजार मात्रै मत गन्न बाँकी



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित पुगेका हुन् । अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।

महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । आज बिहानसम्म एक लाख छ हजार २२५ मत गणना भइसकेको छ ।

प्रमुखमा माओवादी केन्द्रकी दाहाल नौ हजार ९३० र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले छन् । प्रमुखमा दाहालले ४३ हजार ७४३, एमालेका विजय सुवेदीले ३३ हजार ८१३ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ३७७ मत पाएका छन् । उपप्रमुखमा अधिकारीले ४५ हजार ७४, राप्रपाका हिमला गुरुङले २६ हजार ७४९ मत ल्याएका छन् ।

हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ५८ बजे