Logo

Breaking News 1

बालेनले कटाए ४० हजार ६ सय मत, स्थापितलाई सिर्जनाले पनि करिब ८ सय मतले पछाडि पारिन्



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले ४० हजार ६ सय ५ मत प्राप्त गरेका छन् ।

गठबन्धनकीतर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंह र एमालेका उम्मेदवार केशब स्थापितबीचको मतान्तर समेत बढेको छ । सिंहले २३ हजार ३ सय ३४ मत ल्याएका छन् ।

साहलाई निरन्तर पछ्याई रहेका स्थापित भने अहिले तेस्रो नम्बरमा छन् ।। उनी दोस्रो स्थानकी सिर्जनाभन्दा ७ सय ७८ मतले पछि परेका हुन् ।

उनले २२ हजार ५ सय ५६ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : २३ बजे