Logo

Breaking News 1

केशव स्थापितलाई पाँच सय १ मतले पछाडि पार्दै दोस्रोमा आइन् सिर्जना, बालेनले कति पाए ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।

पछिल्लो ताजा मतपरिणाम अनुसार साहले ३९ हजार ६ मत प्राप्त गरेका छन् । गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा उक्लिएका छन् । उनले २२ हजार ७२ मत ल्याएका छन् ।

साहलाई निरन्तर पछ्याई रहेका नेकपा एमालेका उम्मेद्वार केशब स्थापित भने अहिले तेस्रो नम्बरमा पुगेका छन् । उनी दोस्रो स्थानकी सिर्जनाभन्दा ५ सय १ मतले पछि परेका हुन् ।

उनले २१ हजार ५ सय ७१ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : २६ बजे