Logo

मुख्य समाचार

प्रधानमन्त्री देउवाका भाईको निधन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भाईको निधन भएको छ ।

उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार प्रेमबहादुर फोक्सो क्यान्सरबाट पीडित भएर केही समयदेखि उपचाररत थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ३२ बजे