Logo

Breaking News 1

भरतपुर महानगर: सुवेदीले रेणुसँगको मतान्तर ५५ पुर्याए



काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणना अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको छ ।

पछिल्लो मत परिणामअनुसार गठबन्धनअन्तर्गतको नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल नेकपा एमालेका उम्मेवार भन्दा ५५ मतले पछाडी छिन् ।

१३ हजार ३ सय ६४ मत गणना भएकोमा एमालेका विजय सुवेदीले ४हजार ५ सय ५० मत पाएका छन्। सुवेदीलाई पछ्याई रहेकी दाहालले ४ हजार ४ सय ९५ मत पाएकी छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय ९८ मत ल्याएका छन्।

उपमेयरमा गठबन्धनअन्तर्गत कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३ सय १३ मत ल्याउँदै अग्रता कायम गरिरहेका छन् भने राप्रपाकी हिमला गुरूङले ३ हजार ६ सय २२ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ३ : २१ बजे