काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।
मतपत्रमा स्वस्तिक छाप नदेखिएपछि निर्वाचन अधिकृतले मत बदर गरेपछि नेकपा एमालेले विरोध गरेको हो ।
एमालेले उक्त मत एमालेकोमा गनिनुपर्ने माग राख्दै गणना रोकेको हो । एमाले प्रतिनिधिले मतगणनास्थल नाराबाजी गरिरहेका छन् ।
अब सर्बदलिय बैठक बसेर थप निर्णय गर्ने तयारी भएको जानकारी ऐना खबरलाई प्राप्त भएको छ ।
प्रतिक्रिया