Logo

खेलकुद

डि ब्रुयनाको ह्याट्रिक प्रेरित सिटी उपाधि नजिक



काठमाडौं । केभिन डी ब्रुयनाको चार गोलप्रेरित म्यानचेस्टर सिटीले बुधबार उल्भ्सलाई ५–१ ले निराश पार्देै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनः तीन अंकको अग्रता लिएको छ ।

लिभरपुलले मंगलबार एस्टन भिल्लामाथि पुनरागमन जितमा शीर्ष स्थानको सिटीसँग अंक बराबरी गरेको थियो । चोटका कारण सिटी रुबेन डायस, जोन स्टोन्स र काइल वाल्करविनै मैदान उत्रिएको थियो ।

सातौं मिनेटमा डी ब्रुयनाको गोलमा सिटीले अग्रता लिएको थियो । ११औं मिनेटमा डेनडक्करले उल्भरहमटनलाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि नै डी ब्रुयनाको गोलमा सिटीले पुनः अग्रता लियो ।

२४औं मिनेटमा डी ब्रुयनाले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ३–१ मा पुर्याएका थिए । ६० औं मिनेटमा डी ब्रुयनाले व्यत्तिगत चौथो गोल पूरा गर्दा सिटी सहज जिततर्फ अघि बढेको थियो । खेल सकिन ६ मिनेट बाँकी रहँदा रहिम स्टर्लिङको गोलमा सिटीको फराकिलो जित पक्का गरेका थिए ।

सिटी ३६ खेलमा ८९ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लिभरपुल भन्दा तीन अंक बढी हो । उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीले अन्तिम दुई खेलमा क्रमश वेस्ट हम युनाइटेड र एस्टन भिल्लाको सामना गर्नेछ ।

अन्तिम दुई खेलमा चार अंक मात्र जोडे पनि पेप ग्वार्डिओलाको टोलीको उपाधि रक्षा लक्ष्यले पूर्णता पाउनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  ७ : २५ बजे