Logo

मुख्य समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४२६ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४२६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४५, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १०८, हर्न निषेधमा १२, अवस्था ठिक नभएको ८ जना र अन्यमा १५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, सोमबार  ८ : ०८ बजे