Logo

मुख्य समाचार

डा.मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने


२० आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् । 

नेपाल न्यूज बैंकसँगको कुराकानीमा रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए।

उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १२ : ४६ बजे