Logo

मुख्य समाचार

जेनजी सांसदसँग प्रधानमन्त्रीको भलाकुसारी


२ आश्विन २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सुरु भएको अन्तरक्रियामा नवीनतम प्रविधि तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीति, प्राविधिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलनसहित दिगो विकासका विषयमा छलफल भइरहेको छ।

अन्तरक्रियामा जेनजी पुस्ताका सांसदहरूको सहभागिता रहेको छ। छलफलमा युवा पुस्तासँग सम्बन्धित नीति तथा कार्यक्रम, प्रविधिको प्रयोग र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : १२ बजे