Logo

अर्थ

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा कायम छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ७ : १९ बजे