Logo

मुख्य समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्ने भएको छ । बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने छ ।

बिहान ९ बजे बस्ने कानुन, न्याय तथा अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल हुने कार्यसूची छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएकाने हो । बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा छलफल हुने छ । 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ८ : ३४ बजे