Logo

कर्पोरेट

प्रभु बैंकका कार्डबाहकलाई न्यान्सी अटोमोबाइल्समा १ लाख ७५ हजारसम्म छुट



काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी, परिवारजन तथा डेबिट र क्रेडिट कार्डबाहकले मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउने भएका छन्।

प्रभु बैंक र मारुती सुजुकीका आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष छुट तथा सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा भएको सम्झौताअनुसार बैंकका कर्मचारी, परिवारजन तथा कार्डबाहकले उक्त छुट पाउने भएका हुन्। छुटको रकम गाडीको मोडलअनुसार फरक हुने बैंकले जनाएको छ।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका केन्द्रीय व्यवसाय केन्द्रका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन्।

सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भएको छ र ६ सेप्टेम्बर २०२७ सम्म कायम रहनेछ।

प्रभु बैंकले नेपालभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १२ : १७ बजे