Logo

अर्थ

इरानमा पेट्रोल महँगियो



काठमाडाैं । आर्थिक सङ्कटबीच इरानले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि मूल्य दोब्बर बनाएको छ ।

मङ्गलबारदेखि लागू नयाँ दर गत डिसेम्बरपछि गरिएको दोस्रो मूल्यवृद्धि हो । मासिक ११० लिटरको कोटाभन्दा बढी पेट्रोल खरिद गर्नेले अब प्रतिलिटर एक लाख रियाल तिर्नुपर्नेछ ।

सरकारले मूल्यवृद्धिबाट प्राप्त अतिरिक्त रकम घरपरिवारलाई उपलब्ध गराइने जनाएको छ । इरानमा पेट्रोलको मूल्य अझै विश्वकै न्यूनमध्ये रहे पनि कमजोर बन्दै गएको मुद्रा र घट्दो क्रयशक्तिले सर्वसाधारणमाथि थप दबाब परेको छ ।

विशेषज्ञहरूले पुराना सवारीसाधन र कमजोर सार्वजनिक यातायातका कारण खपत उच्च रहेको बताएका छन् । तर, वार्षिक मुद्रास्फीति करिब ६७ प्रतिशत रहेका बेला पेट्रोलको मूल्यवृद्धिले महँगी थप बढ्न सक्ने उनीहरूको भनाइ छ । सन् २०१९ को पेट्रोल मूल्यवृद्धिले इरानमा व्यापक प्रदर्शन निम्त्याएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ६ : ५७ बजे