Logo

मुख्य समाचार

बोलिभियाको सैनिक शिविरमा विस्फोट, मृत्यु हुनेको संख्या ९ पुग्यो



काठमाडाैं । बोलिभियाको एक सैनिक शिविरमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने सैनिकको संख्या नौ पुगेको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

भग्नावशेषबाट थप तीन सैनिकको शव फेला परेपछि मृतकको संख्या बढेको हो । राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भियाचा सहरस्थित सैनिक ब्यारेकमा शुक्रबार दुईवटा शक्तिशाली विस्फोट भएका थिए ।

रक्षा मन्त्रालयका अनुसार उक्त स्थानमा जफत गरिएका पटाका, ग्रिनेड तथा टीएनटीमा आधारित विस्फोटक पदार्थ भण्डारण गरिएको थियो ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेनाले सोमबार भग्नावशेषबाट नवौं शव फेला पारेको उल्लेख गरेको छ । मृत्यु हुने नौ जनामध्ये एक जना हवल्दार र आठ जना अनिवार्य सैनिक सेवामा रहेका युवा सैनिक रहेको मन्त्रालयले जनाएको छ । अझै पाँच सैनिक बेपत्ता छन् ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  १० : ३५ बजे