Logo

मुख्य समाचार

पहिराेले रोल्पाको सहिदमार्ग अवरुद्ध



रोल्पा । गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्ग मा यातायात सेवा अवरुद्ध भएको छ ।

रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन् ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ९ : १२ बजे