Logo

मुख्य समाचार

बाँकेमा एचपीभी खोप अभियान सुरु हुँदै



बाँके । बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।

अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिए ।

उनका अनुसार खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेषगरी, कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ ।

त्यसपछि समुदायस्तरका १० वर्षीया किशोरीलाई खोप लगाइने पौडेलको भनाइ छ । बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल भएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ६ : २० बजे