Logo

मुख्य समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३४ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६८, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २८, लेन क्रसमा ६, अवस्था ठिक नभएको २०, एकतर्फीमा १२ र अन्यमा ३४१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ८ : ०८ बजे