Logo

समाचार

नुवाकोटमा प्रहरीको माइकिङ, नदीनजिक नजान सर्वसाधारणलाई आग्रह



नुवाकोट । नुवाकोटमा प्रहरीले रसुवातर्फबाट पुनः बाढी आएको सूचना प्राप्त भएको भन्दै सर्वसाधारणलाई नदीनजिक नजान आग्रह गरेको छ।

प्रहरीले विदुर क्षेत्रमा माइकिङ गर्दै नदी आसपासका बस्ती तथा क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित र अग्लो स्थानमा बस्न अनुरोध गरेको हो। प्रहरीले बाढीको जोखिम बढेकाले नदी तथा खोलानजिक नजान र सतर्क रहन आग्रह गरेको छ।

“फेरि बाढी आएको सूचना आएको छ। नदीनजिक नजानुहोला, अग्लो सुरक्षित स्थानतर्फ बस्नुहोला,” प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई जानकारी गराएको छ।

यसअघि भदौ १० गते भोटेकोसी नदीमा आएको अचानक बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको थियो। पछिल्लो बाढीको सूचनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ११ : ५४ बजे