Logo

मुख्य समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६४१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ७७, रातोबत्तीमा २८ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ७ : ४१ बजे