Logo

मुख्य समाचार

स्वामी आत्मानन्द गिरीको चिन्ता : ‘राष्ट्रमा शान्ति र सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ’


१५ श्रावण २०८३, शुक्रबार  

69
Shares

काठमाडौं । सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाले धार्मिक तथा सामाजिक वृत्तमा समेत चिन्ता बढाएको छ ।

यिनै घटनाक्रमप्रति प्रतिक्रिया व्यक्त गर्दै देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले नेपालमा सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन् ।

नेपाल न्यूज बैंकसँग पछिल्लो घटनाक्रमका सन्दर्भमा गरिएको कुराकानीमा उनले नेपाली समाजको पहिचान सहिष्णुता, धार्मिक स्वतन्त्रता र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै पछिल्ला घटनाले त्यस परम्परामाथि चुनौती सिर्जना गरेको धारणा राखे ।

उनका अनुसार नेपालगञ्ज, लहान, वीरगञ्जलगायत सीमावर्ती क्षेत्रमा देखिएका घटनालाई सामान्य रूपमा लिन नहुने र यस्ता विषयको गम्भीर समीक्षा आवश्यक छ ।

उनले कुनै पनि प्रकारको हिंसा, द्वन्द्व र अशान्तिले राष्ट्रलाई कमजोर बनाउने भएकाले सबै पक्ष संयमित हुनुपर्ने धारणा राखेका हुन् ।

उनका अनुसार नेपाली समाज परम्परादेखि नै सहिष्णु, शान्तिप्रिय र सहअस्तित्वमा विश्वास गर्ने समाज हो । तर पछिल्ला दिनमा राजनीतिक स्वार्थ, सामाजिक विभाजन तथा बाह्य प्रभावका कारण विभिन्न समुदायबीच अविश्वास बढाउने प्रयास भइरहेको उनको भनाइ छ । 

उनले भने, ‘हिन्दुहरुले त सहिष्णु छन्, शान्ति चाहन्छन् । हिन्दुहरु यति चाँडै उत्तेजित हुँदैछन् । यसका कारणहरु होलान । तर विषयबस्तुमाथि राजनीतिकरण, वर्गीकरण गरेर, फुट र अशान्ति मच्चाउने तत्वहरु केही न केही बहाना खोजिरहेका छन् । नेपालगन्जको घटना भनौं, चाहे अहिलेको लहान, वीरगन्ज वा सिमावर्ती क्षेत्रमा भारतबाट वा विदेशबाट मुसलमानहरुलाई प्रयोग गरिएको छ । र मुसलमान त्यसैपनि तामसिक व्यक्ति हुन् । त्यसैले भारतमा पनि मुस्लिम– सनातनीहरुको दंगा भइराखेको छ । नेपालमा अहिले सुरु भयो, नेपालका राजनेताहरुले यो कुरा बुझेका छैनन् । देश कुन अवस्थामा जान्छ भन्ने विषयमा नेताहरुले सम्हाली हाल्नुपर्छ । नेपालभित्र यस्तो दंगा हुनुहुँदैन, सबै शान्तिपूर्वक रहनुपर्छ ।’

नेपालगञ्ज, लहान, वीरगञ्जलगायत सीमावर्ती क्षेत्रमा देखिएका घटनालाई उल्लेख गर्दै उनले यस्ता गतिविधिको निष्पक्ष अध्ययन र दीर्घकालीन समाधान आवश्यक रहेको बताए ।

स्वामी आत्मानन्द गिरीले नेपालमा सबै धर्मावलम्बीले आफ्नो–आफ्नो आस्था र परम्पराअनुसार स्वतन्त्र रूपमा जीवनयापन गर्न पाउनुपर्ने धारणा व्यक्त गरे । उनले सबै धर्मप्रति सम्मान र पारस्परिक सद्भाव कायम राख्नु नै राष्ट्रको हितमा हुने उल्लेख गर्दै कुनै पनि समुदायलाई एकअर्काविरुद्ध उभ्याउने गतिविधिले दीर्घकालीन रूपमा राष्ट्रिय एकतामा असर पुर्याउने बताए ।

उनले भने,‘ नेपालगञ्ज, लहान, वीरगञ्जलगायत सीमावर्ती क्षेत्रमा देखिएका घटनाको निष्पक्ष अध्ययन गरी दीर्घकालीन समाधान खोजिनुपर्छ । सबै धर्मावलम्बीले आफ्नो धर्म स्वतन्त्र रूपमा पालना गर्न पाउनुपर्छ । सबै धर्मप्रति सम्मान र सद्भाव कायम राख्न सके मात्र राष्ट्रिय एकता बलियो हुन्छ ।’

यसैगरी स्वामी आत्मानन्द गिरिले ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने नारालाई व्यवहारमा उतार्दै सबै नागरिकले शान्तिपूर्वक सहअस्तित्वमा बसेर आ–आफ्नो धर्मको पालनासँगै एकअर्काको धर्म र आस्थाको सम्मान गर्नुपर्ने बताए ।

उनले २०६३ सालपछि भएका केही संवैधानिक तथा नीतिगत निर्णयको पुनः समीक्षा आवश्यक रहेको धारणा राख्दै नागरिकतासम्बन्धी व्यवस्थाको पनि पुनरावलोकन गर्न सरकारलाई आग्रह गरे। देशमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न राज्य गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।

उनले भने,‘ हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने नाराअनुसार सबैले शान्तिपूर्वक देशमा बसेर आफ्ना–आफ्ना धर्म पालना गर्दै सबै धर्मको सम्मान गर्नुपर्छ । २०६३ सालपछि भएका केही निर्णयको समीक्षा हुनुपर्छ । नागरिकतासम्बन्धी व्यवस्थाको पनि पुनरावलोकन गर्नुपर्छ । देशमा अशान्ति फैलाउने गतिविधि रोक्न राज्य गम्भीर बन्नुपर्छ ।’

स्वामी आत्मानन्द गिरिले २०६३ सालपछि भएका राजनीतिक परिवर्तनका केही निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै ती विषयमा पुनः समीक्षा आवश्यक रहेको बताए । उनले धर्मनिरपेक्षता घोषणा र राजसंस्थाको अन्त्यलाई प्रमुख विषयका रूपमा उठाउँदै यी निर्णयले बहुसंख्यक सनातन धर्मावलम्बीको भावनामा असर परेको दाबी गरे ।

उनले पछिल्ला सामाजिक तथा धार्मिक तनावका घटनालाई यिनै परिवर्तनसँग जोड्दै दीर्घकालीन समाधानका लागि राष्ट्रियस्तरमा छलफल आवश्यक रहेको धारणा राखे ।

वैदिक सनातन दर्शनले सम्पूर्ण मानव समुदायको कल्याणको कामना गर्ने उल्लेख गर्दै उनले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने भावनाअनुसार समाजमा शान्ति, सद्भाव र मानवताको भावना कायम हुनुपर्ने बताए ।

उनले नेपालको राजनीतिक परिवर्तनपछि भएका केही संवैधानिक तथा नीतिगत निर्णयप्रति असहमति जनाउँदै ती विषयमा पुनः समीक्षा आवश्यक रहेको धारणा राखे । विशेषतः धर्मनिरपेक्षता घोषणा र राजसंस्थाको अन्त्यसँग सम्बन्धित निर्णयहरू जनभावनाअनुसार नभएको उनको दाबी थियो । यी विषयमा राष्ट्रिय सहमति र व्यापक छलफल आवश्यक रहेको उनले उल्लेख गरे ।

नागरिकता नीतिबारे पनि उनले आफ्नो धारणा राख्दै विगतमा भएका निर्णयहरूको पुनरावलोकन गर्न सरकारलाई आग्रह गरे । नागरिकता वितरणका विषयमा गम्भीर अध्ययन, कानुनी समीक्षा तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय हुनुपर्ने उनको भनाइ थियो । सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन र अवैध घुसपैठ नियन्त्रणमा राज्य थप सचेत हुनुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

उनले भने, ‘धर्मनिरपेक्षता घोषणा, राजसंस्थाको अन्त्य र नागरिकता नीतिजस्ता विषयमा पुनः समीक्षा आवश्यक छ । राष्ट्रिय सहमतिका आधारमा यस्ता विषयमा निर्णय हुनुपर्छ । सीमावर्ती क्षेत्रको सुरक्षा बलियो बनाउँदै अवैध घुसपैठ नियन्त्रणमा राज्य गम्भीर हुनुपर्छ ।’

स्वामी आत्मानन्द गिरिले सुरक्षा निकायलाई राजनीतिक विवादमा अनावश्यक रूपमा तान्न नहुने धारणा व्यक्त गरे । उनका अनुसार शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीमा रहेका नेपाल प्रहरी र नेपाली सेनालाई विवादको केन्द्रमा पार्नु उचित होइन । सरकारले संवेदनशील घटनाको निष्पक्ष छानबिन गरी संवाद, सहमति र कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्ने उनको सुझाव थियो ।

उनले भने,‘नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिक विवादमा तान्नु हुँदैन । संवेदनशील घटनाको निष्पक्ष छानबिन गरी संवाद, सहमति र कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्छ ।’

उनले राजनीतिक दलहरूलाई यस्ता संवेदनशील घटनालाई राजनीतिक लाभ–हानिको दृष्टिले प्रयोग नगर्न आग्रह गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । कुनै पनि प्रकारको उत्तेजनात्मक अभिव्यक्ति वा गतिविधिले सामाजिक सद्भाव बिगार्न सक्ने भएकाले सबै पक्ष संयमित हुनुपर्ने उनको भनाइ थियो ।

वैदिक सनातन दर्शनले सम्पूर्ण मानव समुदायको कल्याणको कामना गर्ने उल्लेख गर्दै उनले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ भन्ने वैदिक मन्त्रको स्मरण गरे । सबै मानिस सुखी, स्वस्थ र सुरक्षित रहून् भन्ने भावना नै सनातन धर्मको मूल मर्म भएको उनले बताए ।

उनले भने,‘ प्रार्थना गरौँ । मैत्रीभाव राखौँ । आफ्नै हृदयमा मानवताको भाव राखौँ । शान्ति कायम गरौँ । सबैलाई आफ्नो कर्मअनुसारको फल भोग्न दिऔँ । तराईमा देखिएको समस्याको दीर्घकालीन समाधान कूटनीतिक पहल र संविधानको समीक्षा गरेर खोज्नुपर्छ ।’

कुराकानीमा स्वामी आत्मानन्द गिरिले नेपालमा शान्ति, सद्भाव, पारस्परिक सम्मान र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सरकार, राजनीतिक नेतृत्व, नागरिक समाज तथा सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।

साथै उनले संवैधानिक, कूटनीतिक तथा राजनीतिक तहमा आवश्यक समीक्षा र संवादमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १ : ३३ बजे