वीरगन्ज । चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज हुँदै रु चार अर्ब दुई करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधन आयात भएका छन् ।
गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु दुई अर्ब ३७ करोड अर्थात् १४३.६० प्रतिशतले वृद्धि भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगन्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताए ।
गत आवको १० महिनामा यो नाका हुँदै रु एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए । त्यसवापत ८१ करोड ४७ लाख राजस्व संकलन भएको थियो ।








प्रतिक्रिया