Logo

Breaking News 1

मेघगर्जन/चट्याङसहित वर्षा र हिमपात तथा अपराह्नपछि हावाहुरीको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा अपराह्नपछि हावाहुरीको सम्भावना छ । 
 
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशको  हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

वाग्मती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका केही स्थानमा  हावाहुरीको सम्भावना रहेको बताएको छ ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ । 

कोसी, पाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ६ : १९ बजे