मुगु । हिमाली जिल्ला मुगुका कृषकहरू आधुनिक यन्त्रहरुमा आकर्षित भएका छन् । राज्यबाट कृषकहरूलाई अनुदान सेवा पाउन थालेपछि गोरु छाडेर हाते ट्याक्टर प्रयोग गर्न थालेका हुन् ।
पछिल्लो समय खेती गर्ने तरिका बदलिएसँगै कृषकहरु आधुनिक प्रविधिप्रति आकर्षित बनेका हुन् । विशेषगरी जिल्लाको अन्न भण्डार मानिएको खत्याड गाँउपालिका क्षेत्रमा रहेको खेतीयोग्य क्षेत्रमा आधुनिक यन्त्रहरुको प्रयोग बढेको हो ।
पछिल्ला वर्षहरूमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइबाट ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकको लगानीमा उपकरणहरु प्रयोग भइरहेको हो । खर्चको बचाउ तथा जनशक्ति कम लाग्ने भएकाले आधुनिक उपकरणको प्रयोग बढेको कृषक कर्ण बहादुर बाँनियाले बताए ।
यस्ता यन्त्रहरुको माग वडाबाट पनि पहल भएको खत्याड गाँउपालिका वडा नम्बर ७ का वडा अध्क्षय गोबिन्द्र प्रसाद सत्यालले बताए । कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रममा १० लाख बजेट अन्तरगत (कृषि यान्त्रीकरण)कार्यक्रम अनुसार कार्यालयबाट ५० प्रति अनुदान विभिन्न उपकरणहरु वितरण गरिएको हो ।
मिनी टेलर १५ वटा, कम्वाईन मिल ६ थान, चाप कटर २ थान, झार काट्ने मेशिन २ थान, डिजिटल तराजु २ थान, बोरा सिलाउने मेसिन ३ थान गरी मझौला खालका ३० वटा उपकरण र महिलो चौमासिकमा ४५ पिस आर सिकेचर मेशिन बितरण गरिएको छ ।
यन्त्र वा उपकरणहरुको माग बढेपनि सिमित बजेटका कारण माग धान्न नसकिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुका प्रमुख तेज विक्रम मल्लले बताए । दान बहादुर बुढा, नेपाल न्यूज बैंक








प्रतिक्रिया