Logo

मुख्य समाचार

सगरमाथाको चुचुरोमा ३० वर्षीय सरोज अर्याल, जन्मदिनको सेरोफेरोमा पूरा गरे सपना



काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले मे २० तारिख बिहान ५ः५० बजे सगरमाथाको चुचुरो चुमेका हुन् ।

आफ्नो जन्मदिनको अवसर पारेर मे १९ तारिखमा सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राखेका अर्यालले बाटोमा केही ढिलाइ भएपछि जन्मदिनको भोलिपल्ट मे २० मा चुचुरो चुमेका हुन् ।

आफ्नै देशको गौरव सगरमाथामा नेपालीभन्दा विदेशी आरोहीहरूको बाहुल्यता देखेर उनलाई निकै खिन्नता लागेको थियो ।
नेपाली हुनुको नाताले आफ्नो गौरवको शिखर आफैँले चढ्नुपर्छ भन्ने प्रेरणाले सगरमाथासम्म पु¥याएको उनले सुनाए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ९ : ४५ बजे