Logo

Breaking News 1

जैविक विविधता दिवस आज नेपालमा पनि मनाइँदै



काठमाडौं । आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष मे २२ मा मनाइने यस दिवसको उद्देश्य पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण तथा दिगो विकासमा जैविक विविधताको महत्वबारे विश्वव्यापी चेतना फैलाउनु हो ।

यस अवसरमा जमिन तथा पानीमा पाइने वनस्पति, जीवजन्तु तथा सूक्ष्म जीवहरूको संरक्षणसँगै सम्पूर्ण पारिस्थितिक प्रणालीको महत्वबारे विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । नेपालमा वन विभाग, वनस्पति विभाग तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले हाइकिङ, ¥याली, गोष्ठी, अन्तक्र्रिया तथा सचेतनामूलक अभियान सञ्चालन गर्ने गर्दछन् ।

जैविक विविधताको दृष्टिले नेपाल विश्वकै धनी मुलुकमध्ये एक मानिन्छ । हिमाल, पहाड र तराईको भौगोलिक विविधताका कारण यहाँ दुर्लभ वनस्पति, वन्यजन्तु तथा प्राकृतिक स्रोतको प्रचुरता रहेको छ ।

यस वर्ष अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२६ को नारा ‘स्थानीय प्रयास, विश्वव्यापी प्रभाव’ रहेको छ । यस नाराले स्थानीय स्तरबाट गरिने साना–साना संरक्षणका प्रयासले विश्वव्यापी वातावरण संरक्षण र जैविक विविधता जोगाउन महत्वपूर्ण योगदान पुर्याउने सन्देश दिएको छ ।

प्रकृति संरक्षण घर, गाउँ र समुदायबाटै सुरु हुन्छ भन्ने चेतना फैलाउँदै जैविक विविधताको संरक्षणमा सबैको साझा सहभागिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ९ : २७ बजे